गुठी विधेयकबारे प्रधानमन्त्रीले खोले मुख, ” गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याइनेछ “

फाइल फोटो

काठमाडौँ, हाल गुठी विधेयक विरुद्ध बढ्दो आलोचनाको साथै आन्दोलन चर्किएको अवस्था छ ।  यसी बारेमा प्रधानमंत्री के.पी शर्मा ओलीले मुख खोलेका छन् ।

केहि दिन देखि युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भ्रमणबाट फर्किए पश्चात आईतबार गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् ।

आईतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई विषय बनाउँदै विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने उनले बताएका छन् ।

उनले भने, ‘ गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो । सरकार जनतालाई दुखी बनाउन चाहदैन । खुसी भएको हेर्न चाहन्छ । यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन । ‘

लोकसेवा विज्ञापन विवाद बारे बोल्दै उनले अदालतमा विचाराधीन भएकाले अहिले यस बारे केही बोल्न नसकिने बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया