नारायणगढ–मुग्लिन सडक खण्डमा फेरी पहिरो जाँदा सयौं सवारी साधान रोकिन पुगेका छन् । भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति पुन: पहिरो खसेपछि पुर्व पश्चिमतर्फ लागेका सयौं सवारी साधान रोकिन पुगेका हुन ।
पहिरोस्थललगायत आसापासमा रहेका प्रहरीले बस्ति भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुहरुलाई खानपिन, शौंचलगायतमा समस्या नहोस भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो ।
बुधवार राती खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति भए पनि थप धनजनको भने क्षति हुन पुगेको छैन ।
पहिरोका कारण बाटोमा सोमबार रातिदेखि कै सयौं सवारीहरू अलपत्र अवस्थामा रहेका छन भने पहिरोको जोखिम अझै कायम भएको भन्दै प्रहरीले सवारीहरु बस्ती भएको छेउछाउमै रोक्नका लागि माइकिङ गरेको छ ।







