काठमाडौँ / सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदा दिने निर्णय फिर्ता लिएको हो ।असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा खारेज गरिएको छ ।
दुई दिन बिदाले सरकारी कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित भएको, बिदाको दिनमा समेत सरकारी सवारी चल्दा इन्धनको खपत कम हुन नसकेको भन्दै आलोचना भइरहेको थियो।
हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार मात्र सर्वोच्च अदालतमा रिट दायर भएको छ ।







