फरार मनोज पाण्डे पक्राउ परेपछी मानव बेचबिखन तथा ओसारपसारमा अनुसन्धान गर्ने प्रहरीको तयारी

काठमाडौँ / बलात्कार आरोपमा पक्राउ गरिएका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा नियन्त्रण ऐनअनुसार अनुसन्धान र कारबाही चलाउने तयारी गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाण्डेलाई शनिबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो। यसबारे प्रहरीले आधिकारिक जानकारी दिइसकेको छैन।

शनिबार र आइतबार सार्वजनिक विदा भएकाले प्रहरीले अनुसन्धानको अनुमति लिन सोमबार मात्र उनलाई अदालत लैजानेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया