काठमाडौं / नेकपा एमालेले पोखराको मेयरमा उम्मेदवार बनाएका दीपक पौडेल सुन चोरीको काण्डको सिसिटिभी फुटेजसमेत बाहिर ल्याइएपछि स्थानीय कार्यकर्तादेखि पार्टीका शीर्ष नेताहरूबाट समेत पुनर्विचार गर्न दबाब दिएका छन् ।
एउटा सिसीटिभी फुटेजमा पौडेलले गहना पसलमा चोरी गरेको देखिएको छ । सुन पसलमा किन्दै गर्दा सुन गोजीमा राखेको देखिएको छ ।
गुरुङले आफू मेयरको पनि दाबेदार नरहेको र उपमेयरमा उम्मेदवार नबन्ने बताइसकेकी छन् । यद्यपि सर्वसम्मत रुपमा पार्टी आग्रह गरे उनी मेयरको उम्मेदवार बन्न तयार छिन् ।
पोखराजस्तो देशको ठूलो र एमालेको राम्रो मतदाता भएको महानगरमा उम्मेदवारी छनौट गर्दा ध्यान नदिइएको भन्दै पार्टीमा असन्तुष्टि छ ।







