काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठक ओली निवास बालकोटमा बस्ने भएको छ।ललितपुरको च्यासलस्थि तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको एमालेको १० औं केन्द्रीय कमिटीको बैठक लगत्तै ओलीले स्थायी कमिटीको बैठक बोलाएका हुन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा छलफल हुने बताइएको छ। बैठकका लागि ओली पक्षका स्थायी कमिटी सदस्यहरू बालकोट पुग्ने क्रम सुरु भएको छ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।यसैगरी, उक्त बैठकले एमाले विवाद समाधानका लागि गरिएकाे १० बुँदे सहमतिलाई केन्द्रीय कमिटीकाे बैठकले अनुमोदन गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनले दस बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको जानकारी दिए।






