गुल्मी, १२ मङ्सिर / इस्मा गाउँपालिकामा आज बिहान जीप दु’र्घटनामा परी छ जनाको मृ’त्यु भएको छ ।सदरमुकाम तम्घासका लागि छु’टेको लु१ज ११६६ नंको जीप इस्मा –४ अन्तर्गत हुल नजीकै दु’र्घटना हुँदा पाँच जनाको घ’टनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृ’त्यु भएको थियो ।
दु’र्घटनामा परी मृ’त्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो । घा’इते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपु¥याए पनि बाटामै मृ’त्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिनुभयो ।
दु’र्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको उक्त जीप ब्रे’कफेल भई दु’र्घटना हुँदा सडकबाट ४०० मिटर तल ख’सेको प्रहरीले जनाएको छ ।







