चन्द्रौटा, १८ असार/ क’पिलवस्तुको शि’वराज न’गरपालिका वडा नं १ शि’वपुरका कि’शोरीहरु ला’गुपदार्थ दु’व्र्यवसविरुद्ध ए’कजुट भएका छन् । शि’वपुरमा रहेका गौतम कि’शोरी संवाद, सरस्वती कि’शोरी संवाद र नवदुर्गा कि’शोरी संवादका कि’शोरीले गाउँघरमा ला’गुपदार्थ से’वन गरी झै’झगडा र हो’हल्ला गर्ने गरेकाले गाउँमा ला’गुपदार्थ नि’यन्त्रण अभियान थालेका छन् ।शि’वपुरलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले ला’गुपदार्थ दु’व्र्यसनविरुद्धको अभियानमा सबैको सहयोग हुनुपर्ने सरस्वती कि’शोरी संवादका अध्यक्ष शान्ति जिसीले बताउनुभयो ।
दिनभरि ला’गुपदार्थ सेवन गर्ने र घरमा श्रीमती र छोराछोरीलाई यातना दिने गरेकाले अब निश्चितबाहेक अन्य समयमा म’दिराजन्य प’दार्थ बे’खनमा समेत रो’क लगाइने जिसीले जनाउनुभयो ।टोलमा बालविवाह, बहुविवाह, बा’लश्र’म जस्ता गै’रकानूनी काम पूर्ण रुपमा नि’षेध गरिने भएको छ । टोललाई म’दिरा र चो’रीड’कैती मुक्त बनाउन तथा पी’डितलाई रा’हत दिन कि’शोरीले पहल गर्ने भएका छन् । म’दिरा बिक्री तथा प्रयोगमा पाँच नियमसमेत बनाइएको कि’शोरी सीमा खड्काले बताउनुभयो । अनु’मतिप्राप्त व्य’वसायीले साँझ ५ बजेदेखि ८ बजेसम्म मात्र म’दिरा बिक्री गर्न पाउने, बाहिरबाट आउने म’दिरालाई पूर्ण रुपमा नि’शेष गर्ने, स्थानीय मदिरा उत्पादकलाई सचेत गराई उत्पादनमा रो’क लगाउने तथा यसबारे व्यापक रुपमा प्रचारप्रचार गर्ने कि’शोरीको योजना छ ।
कि’शोरीहरु टोललाई नमूना बनाउने योजनामा लागेकाले यसमा न’गरपालिकाको पूर्ण साथ रहने शिवराज न’गरपालिकाका उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो । थारु समुदायको बा’हुल्य रहेको शिवपुरमा घरघरमा पुगेर कि’शोरीले स’चेत गराउन सकेमा न्यू’नीकरण हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ थियो ।पछिल्लो समयमा कि’शोरमा ला’गुऔषधको प्रयोग गर्नेक्रम बढेकाले अभिभावकले विशेष ध्यान दिनुपर्ने वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताउनुभयो । साँझ १५ देखि २० वर्ष उमेर समूहका कि’शोरले सडकको किनार तथा चौरमा ला’गुऔषध प्रयोग गर्ने गरेकाले समयमा रोक्न नसके दु’र्घटना निम्तिने उहाँले बताउनुभयो ।







