झु’ट्टा तथा न’क्कली मूल्य अभिवृद्धिकर विजक प्रयोग गरी ,राजश्व चु’हावट गरेको आ’रोपमा मु’द्दा

काठमाडौँ, १८ असार /  झु’ट्टा तथा न’क्कली मूल्य अभिवृद्धिकर वि’जक प्रयोग गरी राजश्व चु’हावट गरेको आ’रोपमा राजश्व अनुसन्धान विभागले तीन वटा फार्मका सञ्चालकविरुद्ध मु’द्दा चलाएको छ । उनीहरुलाई रु ४० करोड ६१ लाख बिगो अ’सुल गरी बिगोको दोब्बर ज’रिवाना एवं कै’द स’जायको माग दाबी लिई उच्च अदालत पाटनमा बुधबार मु’द्दा दायर गरिएको विभागले एक सूचना जारी गरी जनाएको छ ।

झु’ट्टा तथा न’क्कली मूल्य अभिवृद्धिकरको वि’जक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका–२५ बस्ने न्यूसागर प्लाष्टिक कन्सर्नका प्रोप्राराइटर सञ्जु किजु तथा मुख्य आ’रोपी सागर किजुले रु २६ करोड ८२ लाख छली गरेको आरोप छ । यस्तै सुप्रिम प्लाष्टिक कन्सर्नका सञ्चालक सागर किजुले राजश्व चु’हावट गरेको अभियोगमा रु छ करोड ७७ लाखसमेत जम्मा रु ३२ करोड ६० लाख बिगो असुल एवं कैद मागदाबी लिई मुद्दा चलाइएको छ ।

न्यूसागर प्लाष्टिक कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झु’ट्टा तथा न’क्कली मूल्य अभिवृद्धिकर वि’जक मात्र खरिद गरी मूल्य अभिवृद्धिकर र आयकरसमेतको राजश्व चु’हावटको क’सुर गरेको जनाइएको छ ।यस्तै झु’ट्टा तथा न’क्कली मूल्य अभिवृद्धिकर वि’जक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँस्थित बिकोइरस्काइर बङ्गलामुखी जेभीका सञ्चालक साझेदार रोशनकुमार श्रेष्ठसमेतले राजश्व चु’हावट गरेको अभियोगमा रु आठ करोड एक लाख बिगो असुल गरी मुद्दा चलाइएको छ

। बिगोको दोब्बर जरिवाना एवं कैद सजायको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया