महेन्द्रनगर / कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त ह’त्या प्र’करणमा नेपाल प्रहरीको केन्द्रीय निकायले विभिन्न अ’नुसन्धान टोली गठन गरी ग’हनरुपमा अ’नुसन्धान गरिरहेको छ ।प्रहरीको केन्द्रीय अ’नुसन्धान ब्यूरो (सि’आइबी) र पछिल्लो समय प्रहरी महानिरीक्षको सचिवालयबाट टोली अ’नुसन्धानमा खटिरहेका छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घ’टनाको अ’नुसन्धान अधिकृत रहने प्रहरी नायब उपरीक्षक छोटो समयमै धेरै प’रिर्वतन हुने क्रम देखिएको छ ।
शुरुआतको समयमा अ’नु’सन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षक (हाल निल’म्बित) एकीन्द्र खड्का ख’टिनुभएको थियो । निर्मलालाई न्या’य माग गर्दै आ’न्दोलन चर्किएपछि अ’नुसन्धान अधिकृत उहाँसहित सात प्रहरी नि’लम्बि’तमा पर्नुभएको थियो । गृहमन्त्रालयले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्ली’राज विष्ट र तत्कालीन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जग’दिश भट्टलाई घ’टनाको केही महिनापछि सेवाबाटै ब’र्खास्त गरिदिएको थियो ।
‘निर्मला प्र’करण’मा डेढ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयबाट चार अ’नुसन्धान अधिकृत परिवर्तन भइसकेको छ । शुरुका अ’नुसन्धान अधिकृत खड्का नि’लम्बन पर्नुभएपछि प्रहरी नायब उपरीक्षक कृ’ष्णराज ओझाले सम्हाल्नुभएको थियो । उहाँपछि सरुवा भएर आउनुभएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले सो प्रक’रणको अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरिया काज सरुवा भयो । यसपछिका प्रहरी नायब उपरीक्षक गणेश ब’म पनि थोरै समय जिल्ला प्रहरीमा बसेर जिल्ला प्रहरी कार्यालय बझाङको प्रमुख भएर सरुवा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जनाएको छ ।
प्रहरी निकट स्रोतका अनुसार केही दिनअघि मात्रै उक्त घ’टनाको अ’नुसन्धान अधिकृत रहनुभएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दको पनि प्रदेश नं ५ को दङ्गा नि’यन्त्रण गणमा काज सरुवा गरिएको छ । उहाँ पनि केही महिनाअघि मात्रै जिल्ला प्रहरी कार्यालय आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले भने प्रहरी नायब उपरीक्षक चन्दको काज सरुवा नभएको बताउनुभयो । “उहाँ उपचारका लागि बिदा जानुभएको हो”, प्रहरी नायब उपरीक्षक पौडेलले भन्नुभयो ।
प्रहरी स्रोतका अनुसार घ’टनाको अ’नुसन्धानकै लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सचिवालयबाट केही दिनअघि मात्रै प्रहरी नायब उपरीक्षक गौतम केसीसहित प्रहरी अधिकृत भीमदत्तनगर पुगेर अु’नसन्धानमा स’क्रिय हुनुभएको छ । उक्त प्रकरणपछि दुई जना जिल्ला प्रहरी कार्यालय प्रमुखको पनि सरुवा भइसकेको छ ।
विसं २०७५ भदौ ४ गते सार्वजनिक ह’त्या अ’भियुक्त भन्दै सार्वजनिक गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका मानसिक अवस्था ठीक नभएका दिलीपसिंह विष्टलाई प्रहरीले पुनः ग’हन अ’नुसन्धान घेरामा राखेको छ । प’क्राउ परेको केही सातापछि अ’भियुक्त भनी सार्वजनिक गरिएका विष्टको डिएन नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा रि’हा भएका थिए ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वप्रमुखसमेत रहेका डिएनए विशेषज्ञ जीवनप्रसाद रिजाल नेतृत्वमा गठित छा’नबिन समितिले डिएनएको नमूना परीक्षणमै त्रु’टि भएकाले सो घ’टनामा डिएनएबाट दो’षी पत्ता नलाग्ने निष्कर्ष चार महिनाअघि गृहमन्त्रालयलाई दिएको थियो । डिएनए प’रीक्षणमै त्रु’टि भएको ठ’हर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अ’नुसन्धान अघि बढाइरहँदा शङ्काको सुई फेरि यसअघि सार्वजनिक गरिएका वि’ष्टमाथि रहेको छ ।
झण्डै दुई महिनायता प्रहरीको टोलीले दिलीपसिंह विष्टलाई नै अ’भियु’क्त बनाएर अभियोजन सरकार वकिल कार्यालय कञ्चनपुर लैजान चाहे पनि बाह्य परिस्थितिले रोकिएको प्रहरी स्रोतको भनाइ छ । “भिडियो क्लिपकै आधारमा दिलीपलाई प’क्राउ गरेर प्रक्रिया अघि बढाउन सकिन्न भन्ने सरकारी वकिलको जवाफपछि प्रहरी पछि ह’टेको हो ।” प्रहरी स्रोतले भन्यो, “दिलीप प’क्राउ गर्न केन्द्रबाटै द’बाब पनि छ ।”
गत भदौ तेस्रो साता निर्मलाका आमा दुर्गादेवी पन्तले पनि दिलीपसिंह विष्टको नाममा कि’टानी जा’हेरी दिए पनि सुनु’वाइ भएको छैन । यसअघिकै जसरी सरकारी वकिलले विष्टलाई प्रमाण नपुगेको भन्दै छाडेपछिको अवस्था के हुने भन्ने चिन्ता अ’नुस’न्धानमा खटिएका प्रहरी अधिकृत वृत्तमा छ ।







