घुस लिँदै गरेको अवस्थामा पक्राउ,अदालतमा मुद्दा दायर

काठमाडौँ, १२ साउन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचरौता नगरपालिका बारामा करार सेवामा कार्यरत नायब सुब्बा बद्रीबहादुर थापा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नायब सुब्बा थापाले महिला सशक्तिकरणसम्बन्धी अनुशिक्षण तालीम कार्यक्रमको भुक्तानीका लागि सिफारिस गर्नुपर्नेमा विभिन्न बहानामा रु १४ हजार घुस माग गरेको आरोप लागेको छ ।

आयोगले घुस लिँदै गरेको अवस्थामा नासु थापालाई केही दिन पहिले पक्राउ गरेको थियो ।

आयोगले बिगो असुल गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया