माल्टा पठाउने भन्दै भारतीय युवकको काठमाडौँमा ठगी धन्दा ! ६५ लाख ठगी गरेपछी यसरी परे पक्राउ !

काठमाडौँ – नेपालीहरूलाई वैदेशिक रोजगारको लागि माल्टा पठाएदिने भन्दै काठमाडौँमा ठगी गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौैँमा भी.भी.अन्तर्राष्ट्रिय प्रा.लि.को नाममा ठगी गर्दै आएका भारतको गौतमबुद्ध नगर उत्तर प्रदेश दिल्ली घर भएका २३ वर्षीय राहुल पाण्डे पक्राउ परेका हुन्।

पक्राउ परेका भारतीय युवक पाण्डेले नेपालीहरूलाई वैदेशिक रोजगारको लागि माल्टा लैजाने भन्दै नक्कली भिषा दिने गरेको र भिषा प्रोसेसिङ र सेक्युरिटी डिपोजिट गर्नको लागि ६५ लाख ७० हजार छ सय रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाका एसपी सुशिल सिंह राठोरले बताए।उनले ठगी गरेको भन्दै पाण्डेकै भी.भी.अन्तर्राष्ट्रिय प्रा.लि.का संचालक दावा शेर्पाले उजुरी दिएका थिए।

पक्राउ परेका पाण्डेलाई कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको महानगरीय अपराध महाशाखाका एसपी राठोरले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया