अबैध तरीकाले मोटो रकम लिई ४ महिनाको गर्भपतन , बाटोमा गएपिछ रक्तश्राब

आलोक यादव,सिरहा-अषार २५ गते । सिरहाको मिर्चैया नगरपालिकामा खुल्लेयाम गर्भपतन गर्दै आएको घटना बाहिर आएको छ । मिर्चैयाको कटारी चौक स्थित रहेको मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले खुल्लेआम रुपमा अबैध तरीकाले मोटो रकम लिई गर्भपरिक्षण तथा गर्भपतन गर्ने कार्य गरी रहेको रहस्य खुलेको छ ।

मिर्चैया नर्सिङ्ग होम प्रा.लि.का डाक्टर एमबी.बिएस.डा.सुभाष यादबले सिरहा जिल्ला गुलरिया बंगठिया घर ठेगाना भएका एक महिलालाई ४ महिनाको गर्भपतन गरेर बच्चा निकाल्ने पछि यो घटना बाहिर आएको छ । घटना बाहिर भए लगतै प्रहरी र स्थानियहरु नर्सिङ्ग होम पुगेका थिए ।

उक्त महिलालाई मिर्चैयामा उपचार सम्भब नभएपछि थप उपचारको लागी लहान स्थित सप्तऋषी अस्पतालमा पठाईएको श्रोतको भनाई रहेको छ । मिर्चैया नर्सिङ्ग होम प्रा.लि.ले विगत देखी नै यस्तो कार्य गर्दै आएको स्थानीयहरुको कथन रहेको छ ।

यस विषयमा विस्तृत बुझन हामी नर्सिङ्ग होमका डाक्टर सम्भु यादब संग फोन सम्पर्क गरी बुझदा पहिला देखी नै उलाइ रक्तश्राब भइ रहेका थिए । हामी उपचार गरी डिस्चाज् गरेका थिए बाटोमा गएपिछ बढी भएको बताए । त्यसतो केही होइन भन्ने बताए । उनी २ महिनाकाे गर्भवति थिइन बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया