कोरोना अपडेटः काठमाडौं उपत्यकामा ४५ जनासहित २७४ संक्रमित थपिए, २२७ जना कोरोना मुक्त

फाइलफोटो

काठमाडौं, १५ साउन । नेपालमा पछिल्लो चौबीस घण्टामा २७४ जनालाई संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ३०४ जनाको स्वाब नमूना सङ्कलन गरी परीक्षण गरिएकोमा २७४ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ को कुल सङ्क्रमितको संख्या १९ हजार ५४७ पुगेको जानकारी दिनुभयो ।

यसैगरी पछिल्लो चौबीस घण्टामा २२७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २७८ पुगेको छ । हाल १३ हजार २०१ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यसैगरी काठमाडौं उपत्यकामा ४५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २÷२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया