काठमाडौँ, सप्तरीको तिरहुत गाउँपालिका–३ स्थित पिप्राहीमा अज्ञात समूहको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
कुटपिटबाट मृत्यु हुनेमा पिप्राही निवासी उपेन्द्र यादवका २५ वर्षीय छोरा कृष्ण विराजी (यादव) रहेका छन् । मंगलबार राति राजविराज नगरपालिका– ७ मा अपरिचित व्यक्तिको समूहले कुटपिट गरी घाइते बनाई छाडेको थियो ।
स्थानीयको खबरपछि तत्कालै घाइते यादवलाई राजविराजस्थित अञ्चल अस्पतालबाट विराटनगर पुर्याइएको थियो । जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भावेश रिमालका अनुसार त्यहिँ उनको मृत्यु भएको हो ।
डीएसपी रिमालका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी कार्य भैरहेको छ ।







