जनकपुरधाम । बाढीले बगाएर धनुषामा एक जनाको मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ४ रामपुर स्थित आफ्नै खेतमा बिजन उखेल्न गईरहेको बेला त्यही रहेको बालुवा खोलाले बगाउँदा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृत्यू हुनेमा स्थानीय रामपुर टोल बस्ने बर्ष ७० का बिपतिया महरा रहेको छ ।
बिहान करिब ११ बजेको समयमा घरबाट धानको बिउ (बीयाँ) उखेल्न खेततर्फ निस्केका महरा खेतसम्म जान पार गर्नुपर्ने बलुवा खोलाले बगाएको हो ।
खोलामा तीव्र रुपमा पानी चलिहरहेको अवस्थामा पारी रहेको खेतसम्म जाने प्रयास महराले गरेका थिए ।
पानीको उच्च बहाबका कारण महरालाई करिब ३ किलोमिटर दुरीसम्म बगाएर लगेकोमा स्थानीय प्रहरीको सहयोगमा शव बाहिर निकालिएको हो ।
अहिले घटनास्थलमा उनको शव बाढीबाट निकालेर मुचुल्का प्रहरी टोलीले उठाईरहेको धनुषाधाम ईलाका प्रहरी कार्यालयका प्रहरी नीरिक्षक राम कुमार यादवले जानकारी दिए ।







