ह्रिदयदेखिको कामना यत्ति छ, रवी लामिछाने निर्दोष सावित हुन् – रविन्द्र मिश्र

काठमाडौ। रबि लामिछानेको गिरफ्तारी बारे विभिन्न व्यक्तिहरूले आफ्ना कुराहरू राखिरहेका छन् , त्यस्तै क्रममा पूर्व पत्रकार तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केही समय अघि पक्रा:उ परेकी कला सञ्जेल र रबि लामिछाने गिरफ्तारी बारे फेसबुकमा आफ्नो धारणा व्यक्त गरेका छन् । हेर्नुहोस् उनको फेसबुक स्टाटस जस्ताको तस्तै…

“रबि लामिछाने र कला सञ्जेल:

देशमा ५० हजारभन्दा बढी न्यून आयका विद्यार्थीलाई रू १०० मा पढाएर एसइईमा राम्रो नतिजा लेराउने समता स्कूलका संस्थापक उत्तम सञ्जेलकी श्रीमती कला सञ्जेल र दिनदुखीका आवाज बोलेर अनि तिनलाई सहयोग गरेर सम्मान कमाएका रवी लामिछानेले लगभग एउटै प्रकृतिको आरोप खेपिरहेका छन्। उनीहरूसँगै अन्य चारजना पनि आरोपित छन्।

कानूनको परिपालना गर्ने क्रममा ५ महिनाकी गर्भवती कला सञ्जेल र अन्य दुईजना कयौँ दिन हिरासत र जेलमा विताउन वाध्य भए। त्यसैगरी लामिछाने र अन्य दुईजना हिरासतमा समय विताउन वाध्य भएका छन्।

उनीहरू सबैले आफू निर्दोष भएको र दोषी भए कानून बमोजिम कारवाहीका लागि तयार भएको बताएका छन्, छानविनमा सघाइरेहका छन्।

उनीहरूका नाम किटान गर्दै वितेर गएका दुबैको आत्माले चीर शान्ति पाओस् र परिवारले धैर्य धारण गर्ने शक्ति।तात्कालिक कारण जेसुकै भए पनि चरम ‘डिप्रेशन’ पनि आत्महत्याको एउटा प्रमुख कारण हो। तसर्थ डिप्रेसनलाई अरूजस्तै एउटा विमारीका रूपमा लिन, त्यसका बारे चर्चा गर्न र डाक्टरको सल्लाहमा ‌औषधी उपचार गर्न प्रेरित गरौँ।

हाललाई ह्रिदयदेखिको कामना यत्ति छ कि रवी लामिछाने र अन्य दुईजना तथा कला सञ्जेल र अन्य दुईजना सबै निर्दोष सावित हुन्। “

फेसबुकबाट तपाईको प्रतिक्रिया