मोदीलाई ओलीको यस्तो उपहार !

काठमाडौँ, प्रधानमन्त्री के. पी शर्मा ओली नरेन्द्र मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन हिजो दिल्ली गएका थिए । सोमबार भारतबाट औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली उक्त समारोहमा सहभागी हुन उनि दिल्ली गएका हुन् ।

प्रधानमन्त्री ओलीको सपथ ग्रहण समारोहमा भाग लिए पश्चात मोदीसँग द्विपक्षीय वार्ता गरि आज स्वदेश फर्कने कार्यक्रम रहेको छ । यसै क्रममा दोश्रो पटक प्रधानमन्त्री बनेका मोदीलाई प्रधानमन्त्री ओलीले उपहार दिएका छन् ।

शुक्रबार अपरान्ह दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानन्त्रीबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका हुन् ।

मालाको साथै प्रधानमन्त्री ओलीले मोदीलाई पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ मन्दिरको तस्विर समेत उपहार दिएका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्वीटमार्फत सार्वजनिक गरेका उपहार दिँदै गरेको तस्विरमा देखिए अनुसार ओलीले त्यसका साथै नेपालको पहिचान खुल्ने चाँदीको मुद्रा समेत उपहार दिएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया