काठमाडौँ, बुढानिलकण्ठको पासिकोटमा मंगलबार बिहान १० बजे स्कुल बसले ठक्कर दिँदा ३ बर्षीय एक बालिकाको मृत्यु भएको छ ।
नवज्ञानभूमि स्कुलको बसको ठक्करबाट तीन वर्षीया सुदिप्ती परियारको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएकी परियारको बाँसबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।
उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका हुन् । बोगटीका अनुसार घटना पछि फरार भएका बस चालकको खोजी कार्य भैरहेको छ ।
बस भने प्रहरीको नियन्त्रणमा छ । हाल स्थानीयबासीले स्कुल अगाडी प्रदर्शन गरिरहेका छन् । घटना बारे विस्तृत विवरण भने आउँ बाँकी रहेको छ ।







