हावाहुरी र चट्याङको कारण भएको आगलागीबाट ३९ घर नष्ट !

फाइल फोटो

काठमाडौँ, हावाहुरी र चट्याङले बाँकेका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् ।

डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण आगलागी हुँदा ३९ घरधुरी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले जनाएका छन् ।

आगलागीमा परि एकजना स्थानीयवासी र एक चौपाया जलेर घाइते भएका छन् । उक्त घटनामा परि घाइते हुने १५ वर्षीया नन्की यादव रहेकी छिन् । घाइते यादवलाई उपचारको लागी सीमावर्ती भारतीय बजार लगिएको छ ।

चट्याङ पश्चात स्थानीय रामखेलावन यादवको घरबाट शुरु भएको आगलागी फैलँदै गएको हो । आगलागीका कारण धनको ठुली क्षति भएको छ ।

त्यसैगरी बाँके खजुरा गाउपालिका–६ सिमलघारीमा स्थानीय गोरख विकको घरमा लागेको आगलागीमा अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ ।

आगलागी नियन्त्रणको लागी स्थानीय, प्रहरी र नेपालगन्ज उप–महानगरको दमकलको सहयोग लिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया