सुप विश्वविद्यालयका प्रिन्सिपलको चर्तिकला : मापसे गरेर कार्यकक्ष मै हो–हल्ला, महिलासँग आपत्तिजनक अवस्थामा फेला !

सुप विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्ट

मनोज भट्ट/पब्लिक आवाज

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल भुपेन्द्र बिष्टका घृणित तथ्यहरु खुल्न थालेका छन् । विश्वविद्यालयको सेवा आयोगको सदस्य देखि हाल प्रिन्सिपल रहँदा सम्म दर्जनाैँ नेपाली समाजलाई अपाच्य र घृणित कार्यहरुको तथ्य दिन प्रतिदिन खुल्दै आएका छन् ।

मदिरा सेवन गरेर बिष्टले विभिन्न किसिमका उत्श्रृङ्खल गतिबिधी गर्दै आएको प्रत्यक्षदर्शी स्थानीयले बताए । बिष्टको केटीमोह समेत उच्च रहेको गोप्य स्रोतले बताएको छ । वि.स. २०७३ साल चैत्र महिनामा एक महिला संग आपत्ति जनक अवस्थामा प्रिन्सिपल बिष्ट फेला परेका थिए ।

चैत्रको महिनामा क्याम्पसबाट घरमा गइसकेपछि क्याम्पसकै एक कर्मचारी(….) महिला संग बिष्टकै आफन्तले(………) बन्दकोठामा आपत्ति जनक अवस्थामा फेला पारेका एक गोप्य स्रोतले बताएको छ ।

त्यस अवस्थामा प्रिन्सिपल बिष्ट र महिलालाई आफन्तले कोठामै थुनेको स्रोतको दाबी छ । त्यसबेला बिष्टलाई थुनेर कालो मोसो र जुत्ताको माला लगाएर बजार परिक्रमा गराउने योजना भए पनि उनि भाग्न सफल भएर महिनौ पछि क्याम्पस फर्केको समेत उक्त स्रोतले बताएको छ ।

पटक–पटक आफ्नै सहकर्मीमाथि आक्रमण तथा दुव्र्यवहारको प्रयास

दैनिक जसो मदिरा सेवन गरेर समाजमा नै असर पर्ने गरेर हो–हल्ला गर्ने र सामाजिक सञ्जालमा समेत आफ्नो मर्यादा भुल्दै जथाभावी लेख्ने अरुलाई जथाभाबी गाली गलौज गर्ने गरेको बिष्टकै सहकर्मीहरुले बताए ।

विश्वविद्यालयलाई पनि अरुको इसारामा चलाउन खोजेको प्राध्यापकहरुकै दाबी छ । जसले बेलुका दुई ‘प्याक’ खुवाउने गर्यो उसैलाई महत्व दिदै आएको बिष्टसंग लामो संगत भएको उनलाई नजिक बाट बुझ्ने सहकर्मीले बताए ।

विश्वविद्यालयका कुनै कर्मचारी तथा विद्यार्थीसंग राम्रो मेलमिलाप नभएको उनका सहकर्मीको भनाई छ । उनि विश्वविद्यालयमा रहँदा शिक्षक कर्मचारीसंग राम्रोे व्यबहार नदेखाउने गरेको कुरा समेत बेला बेलामा बाहिर आउने गरेका छन् । प्रिन्सिपल बिष्ट विश्वविद्यालयमा सवैको आँखाको कसिङ्गर जस्तै बनेका छन् । बेला बेलामा प्रिन्सिपल बिष्ट आफ्नै सहपाठीहरुलाई दुव्र्यबहार तथा हातपातको प्रयास गर्ने घृणित कार्य गर्ने गरेका छन् ।

बिष्टले हासिल गरेको विद्यावारिधि (पिएचडी)को उपाधिलाई पनि विद्यार्थीहरुले शंकाको घेरामा राखेका छन् । बिष्टलाई पहिले देखिनै राम्रो संग चिन्ने विश्वविद्यालयकै एक विद्यार्थी सुरेन्द्रका अनुसार बिष्टको पिएचडी समेत भारतबाट खरिद गरेर ल्याइएको हो ।

विश्वविद्यालयमा पनि कहिले काँहि त कार्यालय समयमै मादक पदार्थ सेवन गरेर आउने गरेको समेत कर्मचारी स्रोतको दाबी छ । महिला कर्मचारी तथा प्राध्यापकहरुमाथि समेत गिद्दे दृष्टि लगाउने गरेका तथ्यहरु समेत बाहिरीएका छन् । गलत र घृणित क्रियाकलापले आलोचनामा आउने प्रिन्सिपल बिष्ट पछिल्ला विभिन्न क्रियाकलापले पनि आलोचनाको खाडलमा धसिएका छन् । प्रिन्सिपल बिष्टलाई सामाजिक सञ्जाल(फेसबुक)को निकै कुलत बसेको छ, जसबाट समेत उनको निकै आलोचना हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया