सुपर ओभरमा दिल्लीले पंजावलाई हरायो

एजेन्सी,५ असोज । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो खेलमा किंग्स इलेभेन पन्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।सुपर ओभरमा दिल्लीका लागि कागीसो रबाडाले बलिङ गर्दा लोकेश राहुल र निकोलस पुरण ब्याटिङमा आएका थिए । राहुलले पहिलो बलमा २ रन जोडेपनि दोस्रो बलमा भने क्याचआउट हुन पुगे । त्यसपछि अर्को बलमा नै रबाडाले पुरणलाई बोल्ड गर्दै दिल्लीलाई बलियो स्थितिमा पुर्याए ।

जवाफमा दिल्लीले ऋषभ पन्त र श्रेयस ऐरलाई ब्याटिङमा पठाएको थियो । मोहमद शामीले पहिलो बल बाउन्सरमा डट राखेपनि दोस्रो बल भने वाइड फ्याँके । पन्तले दोस्रो बल्म्मा २ रन जोड्दै दिल्लीलाई विजयी सुरुवात दिलाए । आजको हिमालपोस्टमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया