दिल्लीको खराब प्रदर्शन, हैदराबादसँग ८८ रनले पराजित

एजेन्सी, १२ कार्तिक । युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १२औँ खेलमा दिल्ली क्यापिटल्सले खराब प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा दिल्ली सनराजर्स हैदराबादसँग ८८ रनले पराजित भएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेर हैदाराबादलाई ब्याटिङको निम्ता दिएको थियो। त्यसपछि हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१९ रनको फराकिलो स्कोर खडा ग¥यो।
जवाफमा २२० रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्न नपाई अलआउट हुन पुग्यो। दिल्लीले १९ ओभर खेल्दै मात्र १३१ रन बनाउन सक्यो।

दिल्लीका कुनै पनि ब्याट्समेनले खुलेर ब्याटिङ गर्न सकेनन्। अधिकांश ब्याट्समेन क्रिजमै टिक्न सकेनन्। भरपर्दा ब्याटसम्यान शिखर धवन शून्य रनमै पेभिलियन फर्किए भने ७ ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन बनाउन सकेनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया