विमानस्थलबाटै डा. केसीलाई जबरजस्त ट्रमा सेन्टर पुर्‍याइयो

काठमाडौँ , ७ असोज | काठमाडौँ आइपुगेका डा. गोविन्द केसीलाई सरकारले जबरजस्त ट्रमा सेन्टर पुर्‍याएको छ । त्रिवि शिक्षण अस्पताल जान लागेका डा. केसीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीको एक टालीले उनको इच्छन विपरीत ट्रमा सेन्टर लगेको हो । डा. केसीको समर्थनमा विमास्थल पुगेको शुुभचिन्तकहरुले उनलाई अपहरण शैलीमा ट्रमा सेन्टर पुर्‍याइएको बताएका छन् ।

जुम्लाबाट अनसन सुरु गरेको केसी त्रिवि शिक्षण अस्पताल परिसरमा बसेर अनशनलाई निरन्तरता दिने सोचमा थिए । प्रहरीको सहयोगमा सरकारले अपहरण गरी अस्पताल पु र्‍याएपछि भने कहाँ अनसन बस्ने भनेर निधो भएको छैन । केसीले प्रहरीलाई जबरजस्ती नगर्न आग्रह गरे पनि उनलाई धरपकडका साथ ट्रमा सेन्टर लगिएको प्रतक्षदर्शीले बताए । आजको नेपाल समाचार पत्रमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया