काठमाडौं असार १६ । कोरोना सं’क्रमितको संख्या दिन प्रतिदिन ब’ढ्रदो क्रममा रहेको छ । काठमाडौं उपत्यकामा मंगलबारसम्म ९१ जनाको कोरोना सं’क्रमित ‘ए’क्टिभ केस’ पुगेको छ।इपिडियोमोलिजी तथा रोग नि’यन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले अहिले काठमाडौंमा ९१ जना कोरोना सं’क्रमित रहेको जानकारी दिनु भएको छ।
उनीहरूको उपत्यकाकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सं’क्रमितहरूमा धेरैजसो विदेशबाट आएका छन्। केही सं’क्रमित भारतबाट आएको र केही काठमाडौंको पनि रहेको पाण्डेले जनाउनु भएको छ।हामीले सबै सं’क्रमितहरूको प्रोफाइलिङ गर्ने काम गरिरहेका छौं। त्यसपछि उहाँहरूको सबै विवरण थाहा हुन्छ’ उहाले भन्र्नु भयो ,विदेशबाट आएका सं’क्रमितहरूमा कुवेतबाट आएका बढी छन्।
सरकारले पछिल्लो समय विदेशमा अ’लपत्र परेका नेपालीहरूलाई ल्याउन थालेपछि केही व्यक्तिमा सं’क्रमण देखिएको हो।काठमाडौंमा पनि सं’क्रमित सं’ख्या बढ्दै गएकाले महाशाखाले सबैलाई स’तर्क रहन आ’ग्रह गरेको छ। लक्षणविहीन सं’क्रमितहरूले पनि सं’क्रमण सार्ने भएकाले भीडभाडमा सामेल नहुन र सार्वजनिक ठाउँमा हिँडडुल गर्दा सतर्क अपाउन महाशाखाले सुझाएको छ।काठमाडौंमा पनि सं’क्रमण बढ्दै गएपछि कन्ट्याक्ट ट्रे’सिङको कामलाई पनि थप प्रभावकारी बनाइएको डा। पाण्डेले जानकारी दिनु भएको छ।
‘हामीले काठमाडौं उपत्यकालाई विशेष ध्यान दिन्छौं, को स्वास्थ्यकर्मी कतिबेला खट्ने भनेर सबै सूची तयार पारेका छौं। त्यसमा विश्व स्वास्थ्य संगठनको सदस्य पनि हुनुहुन्छ,’ उहाले भन्नु भयो।महाशाखाकाले जिल्ला र स्थानीय तहहरूमा पनि क’न्ट्याक्ट ट्रेसिङको टिम बनाएर ट्रेसिङ कार्यलाई थप व्यापक पार्ने जनाएको छ। डा। पाण्डेले जिल्लामा रहेका ट्रेसिङ टिमलाई तालिम दिन सातै प्रदेशमा टोली परिचालन गरिने जनाए।
स्वास्थ्य मन्त्रालयले पनि सं’क्रमण थप बढ्नसक्ने भन्दै कन्ट्याक्ट ट्रेसिङको कार्यलाई व्यापक बनाउने जनाएको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम भन्छन्, ‘काठमाडौं जस्तो ठाउँमा पनि पोजेटिभ केसहरू देखिन थाल्यो। बाहिरबाट आएकाहरूबाट पनि सं’क्रमणको जोखिम हुने देखिएको छ। त्यसैले ट्रेसिङलाई व्यापक पार्ने भनिएको हो।’
‘हिजो ७ हजार जनाको परीक्षण गर्दा पुग्छ भन्ने थियो तर अब पुग्दैन। बाहिरबाट पनि मनिसहरू आइरहेका छन्। त्यसैले हामी छिट्टै दैनिक १० हजार बढीको परीक्षण गर्दैछौं’।







