लोकल कुखुरामा बर्डफ्लु देखिएपछि नवलपरासीमा घरका १२ पन्छी नष्ट !

फाइल फोटो

काठमाडौँ, पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुरका स्थानीय पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि १२ पन्छी नष्ट गरिएको छ ।

पाली राखेको १ सय ५० लोकल कुखुरामध्ये ७५ प्रतिशत बढी मरेपछि केन्द्रीय पंक्षी प्रयोगशाला चितवनमा नमूना परीक्षण गराउँदा बर्डफ्लु भेटिएको हो ।

मध्यविन्दु नगरपालिका पशु विकास शाखाका प्रमुख डा.श्यामकृष्ण तिवारीका अनुसार उक्त नमूनालाई केन्द्रीय भेटेरिनरी प्रयोगशाला काठमाडौंले समेत प्रमाणित गरेपछि मन्त्रीस्तरको निर्णयअनुसार कुखुरा र पंक्षीजन्य वस्तुलाई बुधबार बिहान नष्ट गरिएको हो ।

पंक्षी र पंक्षीजन्य वस्तुलाई खाडल खनेर पुर्दै महतोको घर र उनको घर नजिक रहेका १२ घरमा रहेका १ सय ८१ वटा हाँस, ६५ वटा स्थानीय कुखुरा, ७८ अण्डा, ३४ किलो दाना, साढे चार किलो कुखुराको सुली नष्ट गरिएको डा. तिवारीले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया