आलोक यादव,सिरहा २१ असार। सिरहा नगरपालिका वडा नम्बर -१७ पटेर्वा स्थित कमला खोलाको छेउबाट सशस्त्र प्रहरीबलले एक भारतीय युवालाई ५ केजी ४५० ग्राम अबैध गाँजा पदार्थ सहित पक्राउ गरेको छ ।
पक्राउ परेका युवा भारतको मधुवनी जिल्लाको लुवाही बलुवा भन्ने टोलको २८ वर्षीय शत्रुधन कुमार सिंहलाई BR01BX4249 नम्बरको मोटर साइकल सबार गरी मोटरसाइकलमा गाँजा लुकाए र लैजाने क्रममा सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीको टोलीले ५ केजी ४५० ग्राम अवैध लागुपदार्थ गाँजा सहित पक्राउ गरेको हो ।
शत्रुधन कुमार सिंह र मोटरसाइकललाई आवशयक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ। शसस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले जानकारी दिए।
मूर्तिकाण्डः धरौटीमा छुटेका तीन जना पुनः पक्राउ
शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित राहप गुम्बाबाट मूर्ति चोरीको आरोपमा पक्राउ परी धरौटीमा छुटेका तीन जनालाई प्रहरीले आज पुनः पक्राउ गरेको छ ।
पुनरावेदन अदालत जुम्लाले मुद्दा उल्ट्याएपछि उनीहरुलाई पुनः पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा डोल्पो बुद्ध गाउँपालिकाका उपाध्यक्ष ४५ वर्षीय मलामटासी गुरुङ, वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय कार्मा गुरुङ र वडा नं १ का ३९ वर्षीय झ्याम्पाछुल्डिम लामा रहेको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिनुभयो ।
उनीहरुलाई यसअघि पक्राउ गरेर धरौटीमा रिहा गरिएको थियो । आरोपीत तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको विष्टले बताउनुभयो ।







