काठमाडौँ / यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको सल्लाहकार भएको खुलासा भएको छ ।
कलेजको छात्रालाई कलेजमै दुर्व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सेन्ट लरेन्स कलेज चाबहिलका कोअर्डिनेटर जनार्दन अधिकारी पूर्व सञ्चारमन्त्री बास्कोटाको सल्लाहकार रहेको खुलेको हो ।
अधिकारी काभ्रे भुम्लु गाउँपालिकाका हुन्। बास्कोटा मन्त्री रहेको बेलामा उनी विज्ञ सल्लाहकारको रूपमा काम गरेका थिए।
जानकारस्रोतका अनुसार उनलाई मिडिया विश्लेषकको रूपमा बास्कोटाले नियुक्त गरेका थिए।
अधिकारीले कलेजको एक छात्रालाई कलेजभित्रै यौन दुर्व्यवहार गर्ने गरेको र फेसबुक मेसेन्जरबाट यौन प्रस्ताव राख्ने गरेको सार्वजनिक भएपछि कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरू आन्दोलित भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला वृत्तमा राखेको छ।
उनीहरूले विद्यार्थीको अभिभावकलाई फकाएर घटना गुपचुप बनाउने प्रयास गरेका थिए।
बास्कोटाले पनि मन्त्री भएको बेला ७० करोड भ्रष्टाचारको बार्गेनिङ गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए ।







