काठमाडौँ, भूकम्पपछि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ । ४ बर्ष पश्चात आज संचालनमा आएको यस नाकामा हिजै देखि चहल पहल शुरु भएको थियो ।
हिजो बिहानै यस नाकाबाट खासाबाट ऊन आयात गर्न ४ रित्ता कन्टेनर भोलि बुधबार काठमाडौँ आइपुग्ने गरि खासा पठाइएको थियो । उक्त कन्टेनरले हिजो बिहान नाका संचालनमा आए बित्तिकै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश पाएका हुन् ।
द्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा हिजो खासा पुगेर आज फर्कदै गरेको उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ आजबाट नाका औपचारिक रुपमा संचालनमा आएको छ ।
यस नाका सन्चालमा आए संगै त्यहाँ वरपरका स्थानिय र व्यवसायी निकै उत्साहित छन् । यद्यपी नेपाल र छिन् जोड्ने मितेरी पुल निर्माण सम्पन्न हुन केही दिन लाग्नेछ ।







