होटलको कोठामा मृत महिला फेला !

सांकेतिक तस्वीर

काठमाडौँ, पोखराको रामघाट स्थित एक होटेलमा ६२ बर्षीया महिलाको शव फेला परेको छ । मृत्य हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–५ निवासी मिना खड्का रहेकी छिन् ।

प्रहरीका अनुसार सोमबार बेलुकी सकुशल होटेलमा सुतेकी मिना बिहान अबेरसम्म नउठेपछि कोठामा हेर्दा भुईमा लडेको अवस्थामा मृत फेला परेकी हुन् ।

मृतक महिला पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाटमा स्वास्थ्य उपचारका लागि पोखरा आएको बताइएको छ । यस बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया