कपिलवस्तु — धादिङका सरोज थापामगरलाई नेटवर्किङ कम्पनीका एजेन्टले एक वर्षमै करोडपति बनाउने विश्वास दिलाएका थिए । मासिक ४० हजार रुपैयाँ तलब, कामका आधारमा पद र तलब बढ्दै जाने बताएपछि हौसिएका उनले आफूसँग भएको र सरसापट गरेर ३ लाख ६५ हजार रुपैयाँ एजेन्टलाई बुझाए ।उनलाई पनि मासिक ४० हजारभन्दा बढी कमाइ हुने प्रलोभन दिइएको थियो । ‘जब सञ्चालक पक्राउ परेको थाहा पाएँ, मेरो होस उड्यो ।’ उनले थपिन्, ‘घरमा के भनेर जवाफ दिने ?’ न्यायका लागि उनी इप्रका कृष्णनगर धाइरहेकी छन् ।
प्रहरीका अनुसार मुख्य सञ्चालक रौतहटका अमित चौधरी र धादिङका कान्छा लामा घिसिङ भनिने अभिराज लामा हुन् । उनीहरूले सिर्जनशील र छिट्टै प्रलोभनमा पार्न सक्ने व्यक्ति खोजेर परिचालन गर्थे । त्यस्ता एजेन्टलाई राम्रो पारिश्रमिक दिन्थे ।प्रारम्भिक रुपमा उनीहरुबाट कम्पनीले ७ करोड रुपैयाँ ठगी गरेको देखिएको इलाका प्रहरी कृष्णनगरले जनाएको छ ।
प्रहरी निरीक्षक प्रताप पौडेलले भारतीय प्रहरीसँग सहयोग माग्दा चासो दिएनन् । लगत्तै उनी एक भारतीय पत्रकार र अधिकारकर्मीसहित सदस्य बन्ने भन्दै पहचपेडवा पुगे । आफूहरूसँग धेरै ग्राहक रहेको भन्दै ३/४ दिनपछि फर्केर आउने बताए । त्यहाँको वस्तुस्थिति र अवस्थाबारे रेकी गरे । तेस्रो दिन पौडेलले भारतीय नम्बरको गाडी लिएर मुख्य ३ युवक र २ युवतीलाई पक्राउ गरेर ल्याए । ‘४ जना गएका थियौं,’ दैनिक सहाराका पत्रकार अजय गुप्ताले भने, ‘अघिल्लो दिनसँगै बैठकमा बसेकालाई पक्राउ गरेर ल्यायौं ।’ ३/४ जना भागेको उनले बताए । त्यसपछि पक्राउ परेकालाई भेट्न आएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
विभिन्न स्थानबाट पक्राउ परेकामा मुख्य सञ्चालकहरू र तिनका एजेन्टहरू छन् । रौतहट चन्द्रपुर–११ का मुकेश राउत, दैलेख नौमुले–७ का कर्ण सलामीमगर, नवलपरासीको सुनवल–२ का अशोक अधिकारी, झापाको दमक–३ का खगेन्द्र निरौला, सप्तरीको राजविराज–१ का मिथलेश यादव र त्यहीँकी मन्जुला राई पक्राउ परेका छन् ।
यो समाचार कान्तिपुर दैनिकमा मनोज पौडेलले लेखेका छन् ।







