टेलरिङ पसलका दम्पत्ति अवैध लागुऔषधको कारोबारी प्रहरी नियन्त्रणमा

नियन्त्रित लागूऔषधसहित ललितपुर उपमहानगरपालिका ११ बाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका ११ स्थित सुरेनको टेलरिङ पसलका संचालकद्वय रामेछाप दोरम्बा गाउँपलिका ७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती धादिङ थाक्रे गाउँपालिका-१० की २१ वर्षीय अजिता गुरुङ रहेका छन् ।

उनीहरुलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार ७ सय ८३ एम्पुल, बुप्रेनोर्फिन नुफिन २ हजार १ सय २१ एम्पुल, फेनारगन १ हजार २ सय १ एम्पुल, नगद १ लाख ५० हजार, विभिन्न कम्पनीका मोबाइल ३६ थान, आइप्याड ३ थान र पावर बैंक १ थान सहित प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ललितपुर उपमहानगरपालिका ११ स्थित निजहरुको टेलरिङ पसलमा उक्त लागूऔषध सहितका सामानसहित फेला पारी पक्राउ गरिएको प्रहरीको भनाई छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा सुरेनले विगत लामो समयदेखि लागूऔषधको कारोबार गदै आईरहेको र बरामद भएका मोबाइल सेट, आईप्याड र पावरबैंक धरौटी स्वरुप राखी लागूऔषध सेवनकर्ताहरुलाई उधारोमा लागूऔषध दिने गरेको खुल्न आएको उक्त ब्यूरोले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजना ः बाँध निर्माण गर्न चार कम्पनीको बोलपत्र पेश
इटालियन कम्पनी सिएमसीले छाडेर हिँडेको तनहँु जलविद्युत् आयोजनाको बाँधलगायतका संरचना निर्माणका लागि विभिन्न चार कम्पनीले बोलपत्र पेश गरेका छन् ।

कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे बाँध लगायतका संरचना निर्माणका एक नेपाली कम्पनीको संयुक्त उपक्रमसहित चार कम्पनीले बोलपत्र पेश गरेका हुन् ।

आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लिमिटेडले बोलपत्र पेश गर्न दिएको अन्तिम दिन आज ती कम्पनीले प्राविधिक र वित्तीय बोलपत्र पेश गरेका हुन् । दातृ निकाय एशियाली विकास बंैकको खरीद निर्देशिकाअनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्ने गरी बोलपत्र आह्वान गरिएको थियो ।

बोलपत्र पेश गर्ने कम्पनीमा चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड चाइना, सिनो हाइड्रो कर्पोरेशन लिमिटेड चाइना, चाइना नेशनल इलेक्ट्रिक इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र सोङ डा कर्पोरेशन भियतनाम÷कालिका कन्सट्रक्शन, नेपाल जेभी छन् ।

कम्पनीहरुले पेश गरेको प्राविधिक बोलपत्रकोे मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही कम्पनीको मात्रै वित्तीय प्रस्ताव खोलिने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताउनुभयो ।

प्राविधिक बोलपत्रको मूल्याङ्कन आगामी भदौको दोस्रो साताभित्रमा सम्पन्न गरी सहमतिका लागि एशियाली विकास बैंकमा पठाइने र त्यहाँबाट सहमति आएपछि वित्तीय प्रस्ताव खोलिने उहाँले जानकारी दिनुभयो ।

आगामी कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र आगामी पुसको दोस्रो साताभित्रै आयोजनास्थलमा निर्माण व्यवसायी परिचालन गर्ने लक्ष्य रहेको छ ।

पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले गत १२ वैशाखमा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । शुरुमा बोलपत्र पेश गर्ने अन्तिम दिन गत २६ जेठसम्म तोकिएकामा सम्बन्धित कम्पनीले समय थप गर्न माग गरेपछि २८ दिन थप गरिएको थियो ।

छनोट हुने निर्माण व्यवसायी कम्पनीले आयोजनाको कूल १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुई वटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिरहेको छ । सो कम्पनीले हाल आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवासगृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण, डिजाइनलगायतका काम गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख रहेको छ । दातृ निकाय र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया