भरतपुरमा रेनुलाई ६,५०० मतको अग्रता

७ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार ५०० मतको अग्रता कायम गरेकी छन् । ७९ हजार ९१० मतको गणना गर्दा रेनुले ३१ हजार १२२ मत पाएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २४ हजार ५८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ९७८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १४ हजार ४२७ मतको अग्रता लिएका छन् । उनले ३३ हजार ५३१ मत पाउँदा राप्रपाकी उम्मेदवार हिमला गुरुङले १९ हजार १०४ मत पाएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया