रास्वपाको बहिष्कार गरे पनी पेलेरै अघि बढे सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल रास्वपाको बहिष्कारको बीच संसद बैठक अघि बढाएका छन्।

बैठक सुरु हुने बित्तिकै रास्वपाका सांसदले उठेर अवरोध गरेपछि सभामुख घिमिरेले पटकपटक दलीय आधारमा धारणा राख्न समय दिने भन्दै रास्वपा सांसदहरूलाई यथास्थानमा बस्न आग्रह गरेका थिए।

तर रास्वपा सांसदहरू यथास्थानमा उभिरहे। उनीहरू उभिएको अवस्थामै सभामुखले संसद बैठक अघि बढाएपछि रास्वपा सांसदहरू १५ मिनेटका लागि भन्दै संसद बैठक कक्षबाट बाहिरिएका थिए।

सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई संसदबाट निलम्बन गरिएकोमा रास्वपा सांसदहरू विरोधमा छन्। उनीहरूले निलम्बनको प्रक्रिया नमिलेको भन्दै निलम्बन फुकुवा हुनुपर्ने माग गर्दै आएका छन्।

रास्वपा सांसदहरूको यो विरोध जारी रहँदा संसदमा तनाब बढ्दै गएको देखिन्छ। सभामुखले निरन्तर संसद बैठक अघि बढाउने प्रयास गरे पनि रास्वपाका सांसदहरू आफ्नो अडानमा कायम छन्। निलम्बनसम्बन्धी विवादको समाधान कसरी निकाल्ने भन्नेबारे विभिन्न दलहरूबीच छलफल आवश्यक देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया