बालुवाटार जग्गा प्रकरण बारे विवेकशील साझाको यस्तो खुलासा !

फाइल फोटो

काठमाडौँ, बालुवाटारको सरकारी जग्गाको विषयमा विवेकशील साझा पार्टीले आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता डा सूर्यराज आचार्यले यस विषयमा शुक्रबार एक विज्ञप्ती जारी गरेको छ ।

जारी विज्ञप्तीमा सरकारको स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भु–माफिया’को मिलेमतोमा अपचलन भएको विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘ प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनुले सरकारी जग्गा अपचलन गर्ने गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको छ । यो बारेमा अनुसन्धान र आवस्यक कारवाहीको लागि नेपाल सरकारले गरेको पहललाई पार्टी स्वागत गर्दछ । ‘

पार्टीले सरकारी सम्पत्तिको संरक्षण गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन नेपाल सरकार संग माग गरेको उल्लेख गर्दै भनिएको छ, ‘ बढ्दै गएको भ्रष्टाचार र अनियमितताका यस्ता घटनाहरुले सरकारको विश्वसनियतामा आँच पुग्नेमात्र होइन त्यसले ठूला विदेशी लगानीका संभावनाहरूमा समेत प्रतिकूल असर पार्दछ । दोषीलाई उन्मुक्ति दिने ढङ्गबाट औपचारिकतामा मात्र सिमीत नहोस भनि खबरदारी गर्न चाहन्छ । ‘

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया