बालबालिकामा को’रोना सं’क्रमण बढ्यो,अभिभावक स’चेत हु’नुस्

१७ असार, काठमाडौं ।  दिन प्रतिदिन को’रोना सं’क्रमण बढ्दै गएको छ ।सरकारले नेपालमा बालबालिकामा को’रोना सं’क्रमण बढ्दै गएको भन्दै अभिभावकलाई सचेत हुन आग्रह गरेको छ ।नेपालमा १८ वर्षमुनिका २ हजार ६१ जनामा को’रोना सं’क्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

सुदूरपश्चिममा ९ वर्षमुनिका १ सय ७५ जनामा को’रोना सं’क्रमण भएको छ भने केहीको मृ’त्यु भएको छ । डा। गौतमका अनुसार सुदूरपश्चिममा को’रोना सं’क्रमण भएका बालबालिकाहरु सबै आमाबुबासँगै भारतबाट फर्किएका हुन् ।बालबालिकामा को’रोना सं’क्रमण देखिए अरुमा स’र्ने सम्भावना बढी हुने भन्दै मन्त्रालयले बालबालिकालाई सकेसम्म घरमै राख्न आग्रह गरेको छ ।

बालबालिकालाई भिडभाडमा नलैजाने र लैजानै परेमा आफू र बालबालिकाले अनिवार्य मा’स्क लगाउने, अरुसँग २ मिटरको दू’री कायम गर्ने, बेला बेलामा हात धुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । त्यस्तै आमाबुबालाई संक्रमण भएमा बालबालिकाबाट अ’लग्गै बस्न पनि आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया