तनहुँ, ३० असोज । प्रविधिको युगमा तनहुँको एक गाउँपालिकाबासी सञ्चार माध्यमबाट नै वञ्चित छन् । एउटा कोठामा बसेर २१औं शताब्दीमा प्रविधिको प्रयोगबाट विश्व हेर्न सक्ने भएका छौं । तर तनहुँको आबुखैरेनी गाउँपालिका–५ र ६ नम्बर वडाबासी भने अझै पनि सञ्चारको पहुँचबाट टाढा रहेका छन् ।
त्यस क्षेत्रलाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नका लागि करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्नुपर्ने हुन्छ । पैदल हिँडेर टावर टिप्ने ठाउ“ खोजी गरी कसैलाई फोन सम्पर्क गर्नु त्यहाँका जनताको बाध्यता रहेको छ । पर्यटकीयस्थलसमेत रहेको यस हिलेखर्कमा विशेष गरी गुरुङ जातिको बाहुल्यता रहेको छ भने केही दलित जातिको पनि बसोबास रहेको छ । यो खबर आजको समाचारपत्रले छापेको छ ।







