आलोक यादव,सिरहा , असार-२६ गते। वर्षभरि कर्मचारी अभावको कारण देखाउँदै विकास बजेट खर्च गर्न नसकेको प्रदेश २ सरकारले असार महिनामा प्रत्याशित रकम खर्च गरेको पाइएको छ। असारको २३ दिनमै विकास बजेटको ११ प्रतिशत रकम खर्च गरेको हो। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा झण्डै १३ प्रतिशत विकास बजेट खर्च गरेको प्रदेश सरकारले २३ दिनमा पुँजीगत बजेटको ४ अर्ब ३१ करोड ३२ लाख ३८ हजार रुपैँया खर्च गरेका प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।
आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारले कुल चालु बजेटको ३०/२२ र पुँजीगततर्फ १३/०५ प्रतिशत मात्र खर्च गरेको हो । सरकारले ११ महिना अवधिमा कुल चालु बजेटको ३ अर्ब ३७ करोड १ लाख २२ हजार ५ सय ४६ रुपैँया खर्च गरेको छ भने पुँजीगततर्फ ५ अर्ब ७३ करोड ३३ लाख ५८ हजार ७ सय ५७ रुपैँया खर्च गर्न सकेको छ ।
आर्थिक वर्ष ०७५/७६ मा सिरहामा चालुतर्फ ४७/४० प्रतिशत अर्थात् ३४ करोड ६१ लाख ७२ हजार ८ सय ७५ रुपैयाँ र पुँजीगततर्फ २८/२१ प्रतिशत अर्थात् ५२ करोड १९ लाख ३५ हजार ६ सय ९ रुपैयाँ खर्च भएको छ ।
चालू खर्चअन्तर्गत धनुषामा चालुतर्फ ३७/३३ प्रतिशत अर्थात् २ अर्ब ८१ करोड ८५ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ खर्च भएको छ भने पूँजीगततर्फ १४/२५ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ८३ लाख ५३ हजार ४ सय २९ रुपैयाँ खर्च भएको छ । सप्तरीमा चालुतर्फ बजेटको ४५/८५ प्रतिशत अर्थात् २२ करोड ३ लाख ९२ हजार ९ सय १० रुपैयाँ खर्च गरेको छ भने पुँजीगत तर्फ ३४/८२ प्रतिशत अर्थात् ३८ करोड ४३ लाख ४९ हजार ६१ रुपैयाँ खर्च गरेको छ । पर्सामा चालुतर्फ बजेटको ५३/७२ प्रतिशत अर्थात् ५२ करोड ८४ लाख ७१ हजार २९ रुपैयाँ र पुँजीगततर्फ ३० प्रतिशत अर्थात् ७५ करोड ४३ लाख ३३ हजार १ सय २६ रुपैयाँ खर्च भएको छ । रौतहटमा चालुबजेटको ४५/०७ प्रतिशत अर्थात् ३४ करोड १ लाख ८ हजार ८ सय २० रुपैयाँ खर्च भएको छ भने पुँजीगतर्फ ३४।३२ प्रतिशत अर्थात् ५८ करोड ११ लाख ९१ हजार ६ सय १८ रुपैयाँ खर्च भएको हो ।
यस्तै बारामा चालु बजेटको ५२/८९ प्रतिशत अर्थात् १६ करोड ९५ लाख १५ हजार ५ सय २३ रुपैयाँ र पुँजीगततर्फ बारामा ५१।२० प्रतिशत अर्थात् ३९ करोड ३६ लाख २७ हजार ६ सय २९ रुपैयाँ खर्च भएको तथ्याङक छ । महोत्तरीमा चालुतर्फ ५८/७० प्रतिशत् अर्थात १२ करोड ९८ लाख ७८ हजार १ सय ५५ रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ४२/२४ प्रतिशत अर्थात् ३२ करोड ७९ लाख ५३ हजार ६ सय ३९ रुपैयाँ खर्च भएको हो ।
सर्लाहीमा चालुतर्फ बजेटको ४७/८८ प्रतिशत अर्थात् १४ करोड ४४ लाख ९१ हजार ३ सय ८० रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ४२।२४ प्रतिशत अर्थात् ३२ करोड ७९ लाख ५३ हजार ६ सय ४८ रुपैयाँ खर्च भएको हो । प्रदेश लेखा नियन्त्रक विनोद गेलालका अनुसार सशर्तको ९ अर्ब १८ करोड रुपैयाँ बजेट रहेकामा जेठ १५ गतेसम्म करीब ४ अर्ब रुपैयाँको हाराहारीमा खर्च भएको थियो । कुन मन्त्रालयले कति रकम खर्च गरेको विषयमा उनले ती हिसाब निकाल्न बाँकी रहेको बताए ।







