पापको पराकाष्टा : आफ्नै पिताले गरे छोरीको बलात्कार, २ बर्ष देखि बलात्कार गर्दै आएको खुलासा !

सांकेतिक तस्विर

काठमाडौँ, बढ्दो बलात्कार र घट्दो न्याय  अनि लाचार सरकार, निकै टिठ लाग्दो अवस्था हो । दैनिक बलात्कारको समाचार निकै आउने गर्छन् अझ सार्वजनिक नगरिएका घटना त कति होलान् कति ?

यस्तैमा रुकुम पश्चिमबाट बलात्कारको एक घिन लाग्दो समाचार आएको छ । सानीभेरी गाउँपालिकाका ३४ बर्षीय एक वावुले श्रीमती माइत गएकी बेला पारेर आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।

१७ वर्षीय छोरीलाई आफ्नै वावुले बलात्कार गरेको भन्दै पिडितकी आमाले प्रहरीमा उजुरी दिए पछि यो घटना सार्वजनिक भएको हो । यो कुरा खुलेपछि त झन् घिन लाग्दो कुरा बाहिरियो, पिडितलाई उनका वावुले करिब २ बर्ष देखि बलात्कार गर्दै आएका रहेछन् ।

गत शुक्रबार विधालयबाट फर्केर आफ्नी साथीको घरमा बसेकी पिडित किशोरीलाई जबर्जस्ती घर ल्याउँदै गर्दा बाटोमै स्थानियको गोठमा लगेर बलात्कार गरेको पिडितको भनाइ छ ।

श्रीमतीले उजुरी दिए पछि भागेका बलात्कारी वावुलाई लुकेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया