पाकिस्तानमा बम बिस्फोट हुँदा १६ को मृत्यु !

फाइल फोटो

काठमाडौँ, पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा हजारगञ्ज इलाकामा बिहान करिब ८ बजे भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको छ ।

यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको समाचार एजेन्सी एपीपीका अनुसार पुलिसले बताएका छन् । पुलिसका अनुसार हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्ने हजारगञ्जमा धमाका पछि सुरक्षाबलले इलाकालाई घेरामा लिएको छ ।

मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका रहेका समाचार एजेन्सी एएफपीले जनाएको छ । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर पहिले पनि हमला हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया