कलंकीमा सिलिन्डर बगाएपछि समात्न गएका एकजनालाई खोलाले बगाएर बेपत्ता

काठमाडौँ :  काठमाडौंको कलंकस्थित महानगरीय प्रहरी वृत्त डुबानमा परेको छ ।

लगातारको वर्षाका कारण बल्खु खोलाको बाढी प्रहरी वृत्तमा पसेको हो ।

वृत्त डुबानमा परेपछि प्रहरी बाहिर निस्किएर बसेका छन् ।

एक स्थानीयको ग्यास  सिलिन्डर बगाएपछि समात्न गएका एकजनालाई बाढीले बगाएको छ ।

दुई दिनदेखिको लगातार वर्षाका कारण कलंकी क्षेत्र डुबानमा परेको खबर प्राप्त भएको केहिबेरमै बल्खु खोलाले बगाएर एकजना बेपत्ता भएका हुन् ।

सिलिन्डर बगाएपछि समात्न जाने क्रममा कलंकीका विनोद चौधरीलाई खोलाले बगाएको सूचना प्राप्त भएपछि खोजिका लागि सुरक्षाकर्मी पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया