पशुपतिमा मङ्गलबार क्षमा पूजा, बुधबारदेखि भक्तजनलाई खुला

काठमाडौँ / नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गर्नुपर्दा क्षमा माग्न मङ्गलबार बिहान क्षमा पूजा हुने भएको छ ।
प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको स’ङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।

“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”,उहाँले भन्नुभयो । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बि’रोध प्र’दर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मङ्गलबार पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनुभयो । चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यतिलामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले बताउनुभयो ।

भगवानको आराधना गर्दा यस्त केही विषयमा ध्यान दिनुपर्छ

नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ यस्तो लाभ:धर्म र अध्यात्म प्रति गहिरो आस्था राख्नेहरु नियमित पूजापाठ, भजन तथा भगवानको नाम जपिरहन्छन् ।ईश्वरमा आस्था राख्दा धार्मिक मान्यता अनुसार धर्म बढ्छ साथै मानसिक शान्ति पनि प्राप्त हुन्छ । ईश्वरको नाम लिनेहरुलाई देविदेवताको कृपा रहने र जीवनमा कुनै सं कट नआउने विश्वास गरिन्छ ।तर नियमित पूजापाठ गर्नेहरुले भगवानको आराधना गर्दा केही विषयमा भने विशेष ध्यान दिनुपर्छ । नियमित पूजापाठ गर्ने गर्नु भएको छैन भने पनि गर्ने गर्नुस् यसले जीवनमा लाभ मिल्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

१. घरमा मन्दिर स्थापना:नियमित पूजापाठ कर्म गर्नेहरुले घरमा सानो मन्दिर स्थापना गरी त्यहि देवीदेवताको आराधना गर्नुपर्दछ । तर मन्दिर स्थापना गर्दा जुन भगवानको प्रतिमा राखे पनि तिनको प्राणप्रतिष्ठा गर्नुपर्दछ ।२. राशि अनुसारको पूजा:हरेक ब्यक्तिको जन्म समयको आधारमा निकालिएको कुण्डलीमा एक नाम हुन्छ, जसलाई हामी न्वारानको नाम भन्छौ । ब्यक्तिले आफ्नो वास्तविक नामको आधारमा बनेको राशि अनुसार देवीदेवताको पूजापाठ गर्नुपर्दछ ।

३. तुलसीको पूजा:नियमित पूजा गर्नेहरुले घरमा तुलसी रोपि त्यसको पनि दैनिक पूजा गर्नु पर्दछ । जुन घरमा नियमित तुलसीको पूजा हुन्छ सो घरका मुख्य सदस्य सहित महिलाले लाभ कमाउने योग बन्दछ । साथै पूजाकर्तालाई ख्याति प्राप्त हुन्छ ।४. गाईको पूजा:गाई अर्थात गौमातामा सबै देवीदेवताको वास हुने धार्मिक मान्यता छ । धार्मिकशास्त्र अनुसार घरमा नियमित पूजापाठ गर्नेहरुले गाईको समेत पूजा गरी रोटी, हरीयो घाँस, ख्वाउनुपर्छ । यसो गर्नाले जीवनमा सुख प्राप्त हुन्छ ।

५. हनुमानको आराधना:हिन्दू धर्ममा हनुमान पूजन विशेष मानिन्छ । यदि लामो प्रयास पछि पनि कुनै काममा सफलता प्राप्त भइरहेको छैन भने हनुमानको आरधना विशेष मानिन्छ । तसर्थ नियमित पूजा गर्नेहरुले हनुमानको आराधना गरे विशेष फल प्राप्त हुन्छ ।६. मन्त्रको जप:धार्मिक मान्यता अनुसार पूजा गर्ने देवीदेवतालाई मन्त्रोच्चारण गरी पूजा गर्नुपर्दछ । साथमा हनुमान चालीसा, महामृत्युजय मन्त्र, गायत्री मन्त्रलाई निरन्तर जप गर्नुपर्दछ । तर कुनै पनि देवताको आराधना गर्नुपुर्व श्रीगणेशको आराधना गर्न अनिवार्य छ ।७. दान गर्नुहोस्:धर्मशास्त्र अनुसार मात्र होइन मानवियताको आधारमा पनि अभावमा रहेकाहरुलाई गच्छे अनुसारको दान गर्नु पुण्यको काम हो । अझ नियमित भगवानको पूजापाठ गर्नेहरुले बेलाबेलामा दान गर्दा ईश्वरको कृपा प्राप्त हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया