दोब्बर बिमा रकम पाउने लोभमा वाबुद्वारा आफ्नै छोरीको ह*त्या !

साभार तस्विर

काठमाडौँ, रौतहटको पश्चिमीभेग मौलापुर नगरपालिका–६ पथरा बरधराममा दोबार बिमा रकम पाउने लोभमा एक वावुले आफ्नै छोरीको ह*त्या गरेका छन् ।

३९ वर्षीय रामकिशोर यादवले बिमा रकमको लोभमा आफनै ४ वर्षीया छोरी लक्षमी कुमारीको ह*त्या गरेका हुन् । ह*त्याको आरोपमा प्रहरीले यादवलाई नियन्त्रणमा लिई कारवाही थालेको छ ।

जिल्ला प्रहरी कार्यालय गौरमा शुक्रवार पत्रकार सम्मेलन गर्दै हरी प्रवक्ता डिएसपी नविन कार्कीले घटना बारे जानकारी दिएका हुन् । यादवले गत जेष्ठ १९ गते छोरी लक्ष्मीको नाममा २५ लाख रुपैयाँको बिमा गराई एकलाख ७५ हजार रुपैयाँ प्रिमियम बिमा कम्पनीमा बुुझाएका थिए ।

प्रवक्ता कार्कीका अनुसार अभियुुक्तले बिमा गरेको १ महिना भित्र बिमितको मृत्युु भएमा बिमा रकमको दोब्बर कम्पनीले अभिभावकलाई दिने कुुरो सुनेको भरमा आफनै छोरीको ह*त्या गरेका हुन् ।

बिमा गरेकी ४ वर्षीया छोरी गत असार १७ गते आफनो हराएको अभिभावकले हल्ला फिँजाएका घटना बिवरणमा बुझिएको छ । प्रहरीले गाँउ नजिकै रहेको पोखरीमा छोरी लक्ष्मी कुमारीको शव फेला पारेको थियो ।

जिल्ला अस्पतालले मृतकको शव पोष्टमार्टममा शरीरमा निलडाम रहेको बताएपछि ह*त्या बहेको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बुवा रामकिशोर यादवको गतिविधि शंकास्पद लागेपछि उनलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी कार्कीका अनुसार अनुुसन्धानमा बालिकाको सामान्य मृत्युु नभई ह*त्या भएको र अभियुुक्त यादवले बिमाबाट रकम पाउने लोभमा ह*त्या गरेको स्वीकारेका हुन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया