किसानलाई धान भित्र्याउन चटारो (फोटो फिचर)

काठमाडौँ , १८ असोज । किसानले ‘मानो रोपेर मुरी फलाउने’ धान खेती यति बेला उत्पादन भएका धान भित्र्याउन किसानलाई भ्याइ नभ्याई छ । देशका विभिन्न स्थानमा धान यसरी भित्र्याउँदै छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान धान र पराल छुट्याएपछि परालको कुन्यू लगाउँदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कमी भएको कृषक बताउँछन् ।

 

बैतडीको दोगडाकेदार वडा नं ३ श्रीकोटका महिला धान काट्दै । यहाँका किसानलाई हाल धान काट्ने चटारो परेको छ ।
पङ्खाको सहायताले धान सफा गर्दै कञ्चनपुरको जोनापुरका महिला
हावा चलेपछि खेतमै धानको भुस सुपामार्फत छुट्याउँदै चन्दननाथ नगरपालिका – २ का लक्ष्मी कुमाई र अप्पसरा न्यौपाने ।
जुम्लाको चन्दननाथ नगरपालिका – २ का किसान मार्सी धान झारदै । समयमै मनसुन सुरु भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ४० प्रतिशत कम भएको कृषक बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया