देउवाले जालझेल बाहेक केहि जान्दैनन्: ओली

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा चुनावबाट निर्वाचित भएर कहिल्यै प्रधानमन्त्री नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंको सभागृहमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण तथा अभिमुखीकरण दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले देउवाले सधैँ जालझेल गरेर मात्र प्रधानमन्त्री भएको दावी गरेका हुन् ।

संसदभित्र गरिने जालझेल होस् या अदालत पुगेर गरिने जालझेल होस् । जालझेल र तिक्डमबाट मात्रै शेरबहादुरजी अहिलेसम्म प्रधानमन्त्री हुनुभएको हो,’ ओलीले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया