ट्र्याक्टर दुर्घटनामा परि शिक्षकको मृत्यु !

फाइल फोटो

काठमाडौँ, डडेल्धुरामा गए राती ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा च्यापिएर एक शिक्षकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमाभएको सो दुर्घटनामा परि मृत्यु हुने ४० वर्षीय शिक्षक श्याम कलौनी रहेका छन् ।

शिक्षक कलौनी समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत थिए । आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीका अनुसार बालुवा बोकेको से२त २८५० नंको ट्र्याक्टर आलिताल गोदामबजारबाट कुर्जेनी गाउँ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते भएका छन् भने चालक धनजीत धामी फरार रहेका छन् । लोड बढी भएकै कारण सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्र्याक्टरमा च्यापिएर आफ्नो ज्यान गुमाएका शिक्षकलाई अझै समा पनि निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताएका छन् ।

चालक फरार रहेको कारण घटना बारे विस्तृत जानकारी प्राप्त नभएको प्रहरीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया