तनहुँ, १८ असार जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा क’रेन्ट लागेर एक वृद्धाको ज्या’न गएको छ । बुधबार साँझ कुखुराको खोरमा जाने क्रममा अ’चानक करेन्ट लागेर स्थानीय झुलबहादुर पन्तकी ७४ वर्षीया प’त्नी मोतीमायाको ज्यान गएको हो । क’रेन्ट लागेर सख्त घा’इते भएकी पन्तको उ’पचारका लागि मुग्लिन हाइवे अस्पतालमा लैजाने क्रममा बाटोमै ज्या’न गएको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको भानु नगरपालिका–१ निवासी २२ वर्षीया तिलकुमारी गुरुङको पौ’डी खेल्ने क्रममा डु’बेर मृ’त्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चुँदीखोलाको काली रहमा पौडी खेल्ने क्रममा डु’बेर मृ’त्यु भएको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
डु’बेर ग’म्भीर घा’इते भएकी ती युवतीलाई उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लगिएकामा चि’कित्सकले मृ’त घो’षणा गरेको उहाँले बताउनुभयो । साथीसँगै पौडी खेल्न गएकी उनी रहमा डुबेर सख्त घा’इते भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै पौ’डी खेल्न गएका अन्यलाई भने केही नभएको बताइएको छ ।
बहिनी जि’स्क्याउनेलाई पि’ट्दा दुई घा’इते
आफ्नो बहिनीलाई जि’स्क्याएको निहुँमा यहाँका एक युवकले दुई युवकलाई कु’टपिट गरी सख्त घा’इते बनाएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ बस्ने सुमन श्रेष्ठले आफ्नी बहिनीलाई जि’स्क्याएको भन्दै सोही स्थान निवासी १५ वर्षीय दिप्सन मगर र १९ वर्षीय सुदीप मगरलाई कु’टपिट गरी घा’इते बनाएका हुन् । कुट’पटिबाट घा’इते दुवैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहको छ । कु’टपिट गर्ने श्रेष्ठलाई प्रहरीले नि’यन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।







