गुठी विद्येक विरोधमा काठमाण्डौमा यसरी उर्लीयो मानव सागर ( फोटो फिचर )

काठमाडौँ, गुठी विधेयकविरुद्ध आन्दोलन चर्कीए पश्चात सरकारले उक्त विधेयक फिर्ता लिएको छ । सरोकारवालाले मंगलबार राजधानीमा विशाल प्रदर्शन गर्ने तयारी गरे पछि सरकार पछि हटेको हो ।

मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विधेयक प्रस्तुत गर्ने भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् ।

सम्पदाप्रेमीले भने यसलाई आंशिक सफलता भनेका छन् । गुठी परम्परा र सम्पदामा सरोकारवालाको स्वामित्व, अधिकार र सहभागिताका लागि निरन्तर खबरदारी जरुरी रहेको उनीहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पत्रकार सम्मेलनमा गुठी आन्दोलनका विषयमा प्रयोग गरेको भाषा भने मर्यादित नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया