फिक्कल, २८ असार/इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् ।
माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आज घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।
माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिनुभयो ।
उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ ।
निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उहाँले बताउनभयो ।
खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो ।
हजार महिलालाई सीपमूलक तालीम
चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रका महिलाको हातमा सीप पु¥याउने उद्देश्यले एक हजार महिलालाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको छ ।
नगरपालिकाको महिला तथा दलित लक्षित कार्यक्रमअन्र्तगत नगर र वडास्तरीय गरी दुई चरणमा महिलालाई सीपमूलक तालीम प्रदान गरेको नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले जानकारी दिनुभयो ।
नगरपालिकाले ६४ लाई ४५ दिने मन्टेश्वरी तालीम, १०६ लाई एकमहीने मोटर तथा स्कुटर तालीम र १०३ जनालाई तीनमहीने ब्यूटीसियन तालीम दिएको उहाँले बताउनुभयो ।
त्यसैगरी नगरपालिकाले नौ वटै वडाका लागि दलित र महिला लक्षित कार्यक्रमका लागि रु ८०÷८० हजार विनियोजन गरी थप तालीम दिएको छ ।
वडास्तरबाट ३५० र दलित लक्षित कार्यक्रममा ३७५ लाई कुशनको सामग्री बनाउने, काष्ठकलाका सामान बनाउने तालीम, झोल साबुन बनाउने र ब्यूटीसियन तालीम प्रदान गरिएको छ ।
तालीमप्राप्त महिलालाई आज नगरप्रमुख सोमप्रसाद मिश्रले तालीमको समापन गर्दै प्रमाणपत्र प्रदान गर्नुभयो ।







