कोरोना भा’इरसको स’ङ्क्र’मणका कारण सुनसान पोखरा

पोखरा / पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान जस्तै देखिन्छ । यतिबेला चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको को’रोना भाइ’रसको स’ङ्क्र’मणका कारण सुनसान देखिएको हो । नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ ।

चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै छ । स’ङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर फर्किइसकेको व्यवसायी सोम थापाले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

कोरोना सं’क्रमणका कारण चीन अहिले निकै तनाव अनि चुनौतिवाट गुज्रिरहेको छ। एक साता नबित्दै दर्जनौं देशमा फैलिएको यो भाइरसले संसारभरको ध्यान खिचेको छ ।वुहान सहरबाट फैलिएको यो स’ङ्क्र’मणकै कारण वि’श्वभर फैलन सक्ने अनु’मान गरिएको छ। चीनले कोरोना भाइ’रसको बि’रुद्ध लड्नका लागि हरसंभव क’सरत गरिरहेको छ। ६ दिनमा नै १० हजार जनाको उपचार गर्न सक्ने गरि बनाउन आँटेको अस्पतालको पनि संसा’रभर च’र्चा भैरहेको छ । अनेकौँ प्रयास गरिरहेको चीनले यसको औसधि पनि बनाएको खबर प्राप्त भएको छ ।

चीनको निकै लोकप्रिय पत्रिका ‘पीपल्स डेली चाइना’का अनुसार चीनको सांघाई हेल्थ सेन्टरले कोरोना भाइरस बिरुद्ध लड्न सक्ने स्प्रेको आविस्कार गरेको छ । उक्त पत्रिकाका अनुसार यसको सफल परिक्षण पनि गरेको छ । यसको आधिकारीक ट्वीटर ह्याण्डलमा भर्खरै प्राप्त एउटा पोष्टमा यो जानकारी दिइएको छ । जसका अनुसार सांघाई हेल्थ सेन्टरले यसरी कोरोना भाइरसका बि’रुद्ध लड्नका लागि स्प्रेको बिकास गरि सफल परीक्षण समेत गरिसकेको छ।

यद्धपी यस्ता स्प्रेहरु अहिलेसम्म सामान्य जनताको प्रयोगार्थ उपलब्धता भनें छैन । यस्ता स्प्रे लाई मुखमा छर्केर कोरोना भाइरसको बि’रुद्ध आफूलाई सर्न नदिने क्षमता बिकास गर्न सकिन्छ ।यी स्प्रेहरु फ्रन्टलाइनमा रहेका स्वास्थकर्मीलाई प्रयोगार्थ बनाइएको बताइएको छ । हुन त सन् २००२ मा सार्स भाइरस आउटब्रेकका समयमा चीनले कुनै प्रकारको यस्ता पद्धति अहिले १७ वर्ष सम्म पनि नबनाएको भनी आलोचना गर्नेहरु पनि पीपल्ड डेली चीनको ट्वीटको कमेन्टमा पाइयो । यदि यो खबर सत्य हो भनें यस म’हामारीबाट बच्न बिश्वजगतको जनस्वास्थका लागि नै चीनको यो सर्वाधिक ठूलो देन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया